तपाईँ सुन्दै हुनुहुन्छः

इरानमा विद्रोहीको आक्रामणमा मारिए एकजना अमेरिकी सैनिक

वाशिङ्टन, २७ साउन । इराकमा एक अमेरिकी सैनिक मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।

इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार कारबाहीका क्रममा ती सैनिकको मृ*त्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई विद्रो*हीले ह*त्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मा*रिएका हुन् भन्ने बारेमा केही बताइएको छैन ।

उनि मा*रिएका दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारबाही गरेको बताइएको थियो ।

त्यस क्रममा ‘शत्रु पक्ष’बाट भएको आक्र*मणमा आफ्ना नौसेनाको ज्या*न गएको अमेरिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button