तपाईँ सुन्दै हुनुहुन्छः

ईदको बेला फेरि कडिकडाउ जम्मू–कश्मीर विवाद

काठमाडौं । आज (सोमवार) सुरु हुने ईद–उल–अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्।भारतप्रशासित कश्मीरको मुख्य सहर श्रीनगर पुनः पूर्ण बन्दको अवस्थामा छ।

जम्मू–कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारतप्रशासित कश्मीरमा परेका कारण गत दुई दिनयता कर्फ्यू खुकुलो परिएको थियो । तर अहिले कुनै कारण उल्लेख नगरीकन कडिकडाउ गरिएको छ।

आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्।मुसलमानको बाहुल्य भएको जम्मू–कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा छन्। फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ।

बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईदउल–अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए। तर त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्रायः बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button