तपाईँ सुन्दै हुनुहुन्छः

देशैभरको सडक तथा पुल अवस्था दिन प्रति दिन जिर्ण बन्दै

काठमाडौँ, २७ साउन । बिभिन्न कारणले क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । समितीले क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणका लागि केन्द्र प्रदेश र स्थानियले एकले अर्काेलाई देखाएर निमार्णबाट नियम निकाय पन्छिन खोजेको आरोप लगाएको हो ।

वषौ पुराना सडक तथा पुलहरु मर्मत तथा सम्हारमा नियमन निकायले ध्यान नजादा जिर्ण बन्दै गएका छन । लामो समयदेखि जिर्ण अवस्थामा रहेका सडक तथा पुलहरुको जिर्णाेदार तथा पुन निमार्ण हुन सक्दा त्यसैबाट मानविय क्षतीको सम्भावना बढ्दो छ । एक पटक बनिसेकपछि त्यसको अनुगमन र सम्हार नहुदा देशभरका धेरै पुर्वाधारहरु जोखिम पुर्ण बन्दै गएका छन ।

देशैभरका पुलको अवस्था संकटग्रस्त बन्दै गएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको आईतबार बसेको बैठकले क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले बताइन ।

देश संघियतामा गएसंगै बिकास निमार्णका कामहरु संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिदै गएको छ । तर सडक, पुल तथा अन्य भौतिक पुर्वधार पुननिमार्णको लागि एकले आर्काेको मुख ताक्ने कारण मर्तत सम्हार समेत हुन ढिलाई हुदै आइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै बिकास समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने बताएका छन । प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसग सहकार्य भईरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिने दाबी गरे ।

केन्द्रिय राजधानी देखि देशैभरको सडक तथा पुल अवस्था दिन प्रति दिन जिर्ण बन्दै जादा पनि एकले अर्काेलाई देखाएर उम्भिने प्रयास भइरहेको छ । नयां पुल बनाउने जिम्मा लिएका ठेकेदारहरु मालामाल भएका छन्, पुल बनेका छैनन् । पुराना पुलको समयमा मर्मतसंभार भएकोछ । लामो सयम देखिको अस्थिर राजनितिको फाइदा उठाउंदै भौतिक पुर्वधार तथा निमार्ण क्षेत्र मर्मत सम्हारको अभावबाट बञ्चित गराइएका छन् ।

तर, अब पनि पुलको अवस्था पहिलेजस्तै हुने हो भने सडक सुधारको काम गफ मात्र हुनेछ । त्यसैले, जिर्ण अवस्थामा रहेका सडक तथा पुलहरुको तत्कान मर्मतका लागि सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ । मर्मत सम्हारको अभावमा नागरिकमा भइरहेको असहजतालाई सरकारले बेलैमा ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button