तपाईँ सुन्दै हुनुहुन्छः

आज अन्तिम सोमबार संस्कृतिमन्त्री योगेश भट्टराई पुगे डोलेश्वर महादेवको मन्दिर (तस्विरसहित)

काठमाडौं ।आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।  विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।।  अझ साउनको सोमबार त शिवालयमा शिववास हुने विश्वास गरिन्छ ।यसैक्रममा यस वर्षको साउनको अन्तिम सोमबार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button