तपाईँ सुन्दै हुनुहुन्छः

कुवेती दिनारको भाउ बढ्यो

काठमाण्डौ – सोमबार कोरियन वनको भाउ केही घटेको छ भने कुवेती दिनारको भाउ केही बढेको छ । अरु विदेशी मुद्राको भाउ भने स्थिर छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो ।

 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो ।

सोमबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ  र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ । हिजो पनि खरिददर २७ रुपैयाँ  र बिक्रीदर २७ रुपैयाँ १४ पैसा नै रहेको थियो ।

आज कोरियन वनको भाउ केही पैसाले घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा थियो ।

आज सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७७ पैसा छ । हिजो  खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button