तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं महानगरका कुचीकार बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

पीडित बालिकाको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button