तपाईँ सुन्दै हुनुहुन्छः

फेरि बढ्यो वर्षा ?यस्तो छ तीन दिने मौषम पूर्वानुमान

काठमाडौं । देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका स्थानमा र पूर्वीका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना छ । साथै पश्चिमी पहाडि भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्व तथा मध्यका केही स्थानमा र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण :

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ।  मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।  मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।

देशभर समग्र मौसमको अवस्था :

हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ साथै मध्य तथा पुर्वी भू-भागमा  आंशिक बदलि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :

श्रावण २७ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २८ गते (मंगलबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पुर्वी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा साथै पश्चिमी तराईको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 श्रावण २९ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट बच्न आवश्यक  सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी पहाडी भू-भाग तथा पुर्वी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button