तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौ‌ । पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किनबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भएपनि पृथ्वी त्यसबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेको न्युजवीकले जनाएको छ । अब यो पिण्ड सन् २०२४ मा फेरि पृथ्वी नजिक आउन सक्ने जनाइएको छ । सो पिण्ड आइफल टावर भन्दा ठूलो रहेको थियो ।

१० हजार ४ सय माइल प्रतिघण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४।६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो ।  यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू २३ रहेको वैज्ञानिकहरुले जनाएका छन् । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको हो ।

सो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बम भन्दा पन शक्तिशाली हुने अनुमान वैज्ञानिकहरुले गरेका छन् । अमेरिकी अन्तरिक्ष संस्था ९नासा०का अनुसार उक्त पिण्ड पृथ्वीमा खसेको भए कम्तिमा १३ लाख मानिस मारिन सक्थे । ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको र सोही समयमा डाइनोसोरलगायतका जीव लोप भएको मानिने गरेको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button