तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्दे्शिका, २०७६ सर्वसम्मतिले पारित गरेको छ ।

केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा आज बसेको केन्द्रिय समिति बैठकले नेपाली कांग्रेसको विधानले प्रदान गरेको अधिकार प्रयोग गरी स्थानीय तहमा संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले केही दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना हुनु भएका पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने लगायतका निर्णय गरेको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु— महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले ले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक यहीं श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button