तपाईँ सुन्दै हुनुहुन्छः

स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले हुँदैन– प्रन्या जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताउनु भएको छ ।
सर्वोच्च अदालत बार एशोसिएसनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश राणाले अदालतको एक्लो प्रयासले मात्र न्याय सम्पादनले पूर्णता नपाउने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी (देवानी) र मुलुकी
(फौज्दारी) संहिता कार्यान्वयनमा आएर एक वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आगामी दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

गोष्ठीमा नेपालमा गत वर्षदेखि मुलुकी (देवानी) र मुलुकी (फौज्दारी) संहिताको कार्यान्वयनको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button