तपाईँ सुन्दै हुनुहुन्छः

देशभरका कपास उद्योग संकटमा

पुष्करराज बुढाथोकी, भक्तपुर । फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योग मैत्री वातावरण नबनाई दिएका कारण धरापमा परेको पेशाकर्मीले बताएका छन् । नेपाल कपास व्यवसायी संघको प्रथम साधारण सभाका क्रममा उनीहरुले कपास व्यवसायीलाई तीन तहका सरकारले कर लगाउने तर कसरी व्यवस्थित गर्ने तथा घुम्ती सेवा दिने उद्योगहरु दर्ता विना नै चल्न दिदाँ आफ्नो पेशा व्यवसाय धरापमा परेको जनाएका हुन् ।

नेपाल कपास ब्यवसायी संघकी केन्द्रिय अध्यक्ष चन्दना कोइरालाले ठुलो संख्यामा रोजगारी दिने कपास उद्योगलाई आयात निर्यातमा सरकाले लगाएको रोक र घुम्ती सेवा दिने प्रति कडा हुन नसक्दा ठुलो संख्यामा पेशाकर्मी पलायन भएको बताउनुभयो ।

कानूनले भन्छ उद्योगको पाँग्रा हुँदैन यसैले यो एकै स्थानमा रहनु पर्छ तर ट्याक्टरमा कपास पेल्नेहरुले विना दर्ता अनुमती समेत नलिई पेशा गर्दा सरकारलाई नै ठगी रहँदा समेत कसैको ध्यान नजानु लाजमर्दो भएको उहाँको भनाई थियो ।

देशभर हाल २२ सय भन्दा बढि कपास ब्यवसायी रहेको जानकारी दिंदै उनले देश भर पुराना कपडालाई पेली विभिन्न प्रयोजनमा आउने कपास बनाउँदै आएका पेशा कर्मीका कारण देश भर ४ लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको तथा ३० हजार भन्दा बढि कपास सम्वन्धी व्यवसाय संचालनमा रहेको बताउनुभयो।

संघका केन्दीय महासचिव श्याम पौडेलले पुरानो कपडा पेलेर सिरक डस्ना बनाउने व्यवसायलाई हेयको दृष्टीले हेरिँदा आफ्नो पेशा नै धरापमा परेको बताए । उनले दर्ता विनानै औद्योगिक निती विपरित गाउँ गाउँमा ट्याक्टर लिएर कपास पेल्न गण्डकी प्रदेशले रोक लगाएको प्रती स्वागत समेत गर्नुभयो ।

भारतले आफ्नो कपास उत्पादलाई बढावा दिन कच्चा पदार्थको रुपमा विभिन्न मुलुकबाट हजारौं टन पुराना लुगा ल्याउने गरेको छ तर नेपालमा भएको उत्पादन गुणस्तरीय हुँदा पनि सरकारले लगाउने विभिन्न कर तथा कानूनी झन्झटले ब्यवसायी विस्थापित हुने संघारमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button