तपाईँ सुन्दै हुनुहुन्छः

बबई–नदीमा डुबेर २ जनाको मृत्यु

आकाश तारा बयक, सुर्खेत । सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना स्थल नजिकै बबई नदीमा बाँकेबाट पिकनिक खान आएका दुई जना युवाको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा बर्दिया बडैया गाउँपालिका–३ सिमराका प्रविण बस्याल र दैलेख आठबीस नगरपालिका–८, तिलेपाटाका हेमन्त बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार नदीमा पौडीमा खेल्नेक्रममा शनिबार बेलुका साढे पाँच बजेतिर बेपत्ता भएका उनीहरुको लास आइतबार फेला परेको थियो । शनिबार बाँकेबाट एउटा बस र जीपमा ३४ जना पिकनिक खान भेरीगंगा नगरपालिका–५ गेरुवानीमा आएका आएकामध्ये दुई जना बबई नदीमा पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button