तपाईँ सुन्दै हुनुहुन्छः

सुन किन्ने भन्दा बेच्ने बढे

काठमाण्डौ ।नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफू संग भएको सुन बेच्ने गरेका छन् । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित भएको हो ।

पसलभरि ग्राहक छन् तर सुन किन्न हैन । आफ्नै पसलबाट प्रति तोला ५२ हजार रुपैयाँमा सुन खरिद गरेर लगेकाहरु अहिले त्यही बिल लिएर प्रति तोला ७० हजार रुपैयाँमा बेच्न आएका छन् ।” आफ्नै ग्राहकको सुन खरीद नगर्ने पनि भएन, खरीद गर्न पैसा पु¥याउनै गाह्रो भएको उहाँको भनाइ छ । तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई निकै मर्का परेको दाबी विश्वकर्माको छ ।

सुनको शुक्रबार सम्मको मूल्य रु ७० हजार प्रतितोला रहेको छ । ग्राहक पुराना गहना लिएर बेच्न आएको र आफूहरु नयाँ सुन बैंकमा राखेर ग्राहकको पुरानो सुन खरीद गर्नबाध्य भएको व्यवसायीहरु बताउछन ।

डलरको भाउ तलमाथि भइरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तर्राष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समयदेखि सुनको मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा स्थिर भए पनि नेपालका ठूला व्यवसायीको कारण मूल्य बढ्ने गरेको साना व्यवसायीको आरोप छ । सुनको मूल्य बढेर ८० हजार रुपैयाँसम्म पुग्नसक्ने व्यवसायीले अनुमान गरेका छन् । सुनको मूल्य बढेकाले पसलमा किन्नेको भन्दा बेच्न आउनेको भीड लाग्न थालेको सुनचाँदी व्यवसायीहरु बताउछन ।

‘सुनको भाउ बढेर माथि उक्लेपछि सुन किन्न नसकेको गुनासो व्यवसायीहरु बताउछन । हामीले खरीद गर्न सकेका छैनौं, उपभोक्ताले पनि किन्न सक्दैनन्’ “पसलमा आएर किन्न भन्दा बेच्न खोज्ने धेरै छन् ।”

नेपाल राष्ट्रबैंकले आफ्नो मौज्दातमा रहेको सुन व्यवसायीलाई बेच्ने गथ्र्यो । केन्द्रीय रुपमा समेत झण्डै सात सय केजी सुन मौज्दात रहेको बताइएको छ । विशेषगरी साउन महीनामा सुनको मूल्य घट्ने गथ्र्यो । तीज लगायतको चाडपर्वका लागि नेपाली महिलाले गहना बनाउने समय भएकाले पसलमा भीड लाग्ने गरेकोमा यतिबेला सुनसान भइसकेको व्यवसायीहरु बताउछन् ।

सुनको मूल्य नेपालको बजारले निर्धारण गर्दैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, सुन र डलरको भाउको सन्तुलनबाट नेपाली बजारमा पनि असर पर्ने गरेको छ । नेपालीको चाडपर्व शुरु हुनै लागे पनि बजारमा किनबेच नभएकोले सुनचाँदी व्यवसायी भने निराश भएका हुन् । उनीहरुले यो वर्षको चाडपर्वमा सोचेजस्तो व्यपार गर्न नसक्ने पक्का भइसकेको व्यवसायीहरु बताउछन ।

अन्तर्राष्ट्रिय बजारको तुलना गरेर हरेक दिन सुनचाँदी व्यवसायी सङ्घले मूल्य निर्धारण गर्छन् । वाणिज्य बैंकले खरीद गरेर ल्याउने सुन अन्तर्राष्ट्रिय बजार मूल्य र डलरमा आउने उतारचढावका कारण बढ्ने गर्छ । खरीद गरेको मूल्यमा केही नाफा राखेर बैंकले व्यवसायीलाई सुन दिन्छन् । त्यो सुनमा व्यवसायीले पनि सामान्य मार्जिन राखेर बिक्री गर्ने चलन छ । ठूला व्यवसायीले भने सस्तोमा खरीद गरेर राखेको सुन महङ्गो भएको बेला बेचेर नाफा कमाउने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button