तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया विधेयक शंसोधन नभए पूनः आन्दोलनमा जाने अध्यक्ष आचार्यको चेतावनी

दिपक शर्मा, सल्यान । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले मिडिया विधेयक शसोधन नभए पुन आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । प्रेसलाई संकुचित पार्ने कुनै पनि कानुन आफूहरुका लागि मान्य नहुने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघको वर्तमान भूमिका र अबको कार्यदिशा विषयक कर्णाली प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष आचार्यले संसदबाट परिमार्जन गछौं भन्ने सरकारले विश्वास दिलाएका कारण केही समय आन्दोलन स्थगित भएको बताउनुभयो ।

संसदबाट फेरी पनि मिडिया विधेयक परिमार्जन नगरी जारी गरिए कडा आन्दोलनमा जान आफूहरु बाध्य हुने उहाँले बताउनुभयो । उहाँले मिडिया विधेयक आफूहरुको माग भएको तर प्रेस र मिडियालाई संकुचन हुने विधेयक नमान्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button