तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घट्नामा परी एकको मृत्यु,२ जना घाईते

 सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।कबिलासी न.पा. ७ सिरसिया स्थितमा नवलपुर मलंगवा सडक खण्डमा नवलपुरवाट मलंगवा तर्फ आउदै गरेको बिआर ३० एम ६४घद्द भारतिय नम्बरको मोटरसाइकलले पैदल यात्री कबिलासी न.पा. १० सलेमपुर बस्ने १४ वर्षिय बालक प्रबिन कुमार रायलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको प्रहहरी चौकी कबिलासीले जनाएको छ ।

भने मोटरसाइकल चालक मलंगवा न.पा. ३ बस्ने २२ वर्षिय दिपु शर्मा र सोही मोटरसाइकलमा पछाडी सवार मलंगवा न.पा. ८ बस्ने १८ वर्षिय रबि कुमरा ठाकुर घाईते भएका छन । घाईते दुबै जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। मोटरसाइकल प्रहरी चौकि कविलासीको नियन्त्रमा रहेको छ । मृत्क बालकको शव पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको सर्लाही प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button