तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानको पैंसा दिन आलटाल गर्ने उद्योगीलाई कारवाही गरिने’

राकेश गुप्ता, सर्लाही । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले उखु किसानको पैंसा दिन आलटाल गर्ने उद्योगीलाई कारवाही गर्ने चेतावनी दिनु भएको छ ।

सर्लाहीको गडहीयामा आज आयोजित कार्यक्रममा मन्त्री यादवले चिनी उद्योगीसंग छलफल गर्ने र भुक्तानी दिन आलटाल गरे कडा कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री यादव समक्ष उखु किसानहरुले चिनी उद्योगलाई बिक्री गरेको उखुको पैंसा नपाउँदा ऋणमा डुबेको र बाढी तथा डुबानपछि खाने अन्न समेत नभएको भन्दै तत्काल पैंसा दिलाइदिन माग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button