तपाईँ सुन्दै हुनुहुन्छः

बालुवा निकालेको खाल्डोमा डुबेर २ युवाको मृत्यु

नवराज छत्कुली । धादिङको गजुरी गाउँपालिका वडा नं ६ ठुलीफाँट स्थित दरियाँल खोलामा बालुवा निकालेको खाल्डामा डुवेर दुई जनाको युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धादिङको गजुरी गाउँपालिका वडा नं ७ का २२ बर्षिय सुमन स्याङतान र २१ वर्षिय भीम घलान रहेका प्रहरीले जनाएको छ ।

संगै नुहाउन गएका २ जना भने पौडी खेलेर बाहीर निस्कन सफल भएका छन् ।

स्थानीय प्रशासन बालुवा तस्करहरुसँगै मिलेको र मेसिन हटाउन पटक पटक आग्रह गर्दा पनि वेवास्ता गर्दा २ जनाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तीन वटा स्काभेटरमा तोडफोड गरि आगजनी गरेका छन् ।

अवैध रुपमा खोलामा स्काभेटर लगाएपछि मेलापात गर्न जोखिम भएको र स्थानीय मजदुरहरुको रोजीरोटी खोसिएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button