तपाईँ सुन्दै हुनुहुन्छः

डेंगुबाट अहिलेसम्म ३ हजार ४ सय २५ बिरामी

काठमाण्डौ/तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् ।

गएको वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको छ । प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना भेटिएका छन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ । काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ ।

काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगु भेटिएको हो । प्रदेश तीनमा मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन् । बितेका ४ महिनामा प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाले जनाएको छ ।

तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् ।

गएको वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको छ । प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना भेटिएका छन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ । काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ ।

काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगु भेटिएको हो । प्रदेश तीनमा मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन् । बितेका ४ महिनामा प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button