तपाईँ सुन्दै हुनुहुन्छः

गोसाइँकुण्ड मेला जाने दैनिक दुई सयभन्दा बढी तीर्थयात्री

रसुवा । जनै पूर्णिमाको अवसरमा रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेलामा आउने तीर्थयात्रीको चाप बढेको छ ।नागपञ्चमीदेखि मेला शुरु भएसँगै गोसाइँकुण्डमा स्नान गर्न आउने तीर्थयात्रीको चाप बढेको हो ।दैनिक दुई सयभन्दा बढी तीर्थयात्री पुग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।

मेलामा आउने तीर्थयात्रीहरुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त राख्न जिल्ला प्रशासन कार्यालय रसुवाले सबै सुरक्षा निकायसँग समन्वय गरि प्रमुख जिल्ला अधिकारीको टोली गोसाइँकुण्ड प्रस्थान गरेको छ ।

मेलामा आउने तीर्थयात्री नठगिउन भनेर मेला व्यवस्थापन समितिले खाना, बास तथा घोडाचडीको दर रेट कायम गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button