तपाईँ सुन्दै हुनुहुन्छः

इङ्लिस प्रिमियर लिगमा साविकको उपविजेता लिभरपुलको शानदार सुरुवात

काठमाडौं । साविकको उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले लिगको शुरुवात गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा नर्विच सिटीले एक गोल फर्काएको थियो । नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो ।

मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रतालाई दोब्बर बनाउ ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत गोल गरेका थिए ।

डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितिमा पुर्‍याए ।

ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए ।

६४ औ मिनेटमा नर्विच सिटीका लागि टिमु पुक्कीले गोल गरेपनि पराजयको दुरी भने मेटाउन सकेनन् ।

जितसँग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक हात पर्‍यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button