प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो । यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ । पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।