तपाईँ सुन्दै हुनुहुन्छः

‘करार सम्झौता देखावटी र सस्तो प्रचार होइन’

विद्याप्रसाद उपाध्याय । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रधानमन्त्री र मन्त्रीहरु तथा मन्त्री र सचिवहरु वीच भएको करार सम्झौता देखावटी र सस्तो प्रचार नभएको स्पस्ट पार्नु भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज मन्त्रालयका सचिवहरुलाई कार्यसम्पादन सम्झौता गराउनुहुदै मन्त्री खनालले कार्य सम्झौताले के काम भए, के कति काम बाँकी छन् भन्ने विषयमा स्पस्ट जानकारी दिने भएकोले सम्झौताले भविष्यको कार्यदिशा बनाउन महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यतm गर्नुभयो ।

फरक प्रसंगमा मन्त्री खनालले भन्झटिलो वितरण प्रक्रियाका कारण मलको अभाव भएको भन्दै दीर्घकालीन समाधानका लागि किसान वर्गीकरण योजनालाई कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button