तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले डसेर एकै परिवारका दुई बालिकाकाे ज्यान गयाे

दाङ – राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको ज्यान गएको हो ।

भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले टोकाइबाट ज्यान गएको प्रधानाध्यापक लिलाधर विकले जानकारी दिनुभयो ।

भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको ज्यान गएको प्रधानाध्यापक विकले बताउनु भयो । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले डसेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button