तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आइतवार स्वदेश फर्कदै

काठमाडौं, साउन २३ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्कनु हुनेभएको छ । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको तर बिस्तृत रिपोर्ट नआइसकेको कारण आइतवार मात्रै स्वदेश फर्कुन हुने भएको हो ।

प्रधानमन्त्री आइतवार दिउसो स्वदेश फर्कनुहुनेछ, स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएको जानकारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भन्नुभयो । अयालका अनुसार शनिवार साँझसम्म परीक्षणको बिस्तृत रिपोर्ट प्राप्त हुने भएकोले प्रधानमन्त्री ओली आइतवार थाइ एअरको उडानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button