तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङसहित भारी वर्षाको सम्भावना,यस्तो छ तीन दिने मौषम पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ । शुक्रबार देशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गदै मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले मनसुन भारतको पूर्वी छत्तिसगढबाट पश्चिम–उत्तरपश्चिमतिर कमजोर भएर सर्दै जाने देखिन्छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शुक्रबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङसहित मध्यम वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै, राति देशभर देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन–चट्याङसहित मध्यम वर्षा हुनेछ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही देशका एक दुई स्थानहमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पनि सक्रिय छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण २४ गते (शुक्रबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।देशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

श्रावण २५ गते (शनिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  संभावना छ ।

राती: देशका धेरैजसो स्थानहरुमा  सामान्य बदली रही पश्चिमका थोरै  स्थानहरु तथा पूर्वी र मध्यका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित  वर्षाको संभावना  छ ।

श्रावण २६ गते (आइतबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ। । पश्चिमी नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button