तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूलीमा बस खस्यो, तीन जनाको मृत्यु, १२ जनाको उद्धार

धादिङ, साउन २४ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते १२ जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button