तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामाः मन्त्री भट्टराई

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।

रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तिनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।

आगामी चार महिनामा विमानस्थल निर्माण सम्पन्न हुने बताउदै मन्त्री भट्टराईले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button