तपाईँ सुन्दै हुनुहुन्छः

‘ट्रेड युनियन प्रतिबन्ध गर्ने नियतसँग सम्झौता हुँदैन’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने तर तिनलाई घुमाउरो ढङ्गले प्रतिबन्धित नै गर्ने नियतसँग कुनै सम्झौता गर्न नसकिने जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सहयात्री संस्थालाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदम काङ्ग्रेसलाई मान्य नहुने बताउनुभयो ।

प्रवक्ता शर्माले काठमाडौँको गोङ्गबु बसपार्कको अनियमितता प्रकरणप्रति गहिरो अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अपिल पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button