तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन कायम गर्ने नमुना सङ्गठनको रुपमा प्रहरीः महानिरीक्षक खनाल

काठमाण्डौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासन कायम गर्ने नमूना सङ्गठनका रुपमा स्थापित गर्न खोजेको बताउनुभएको छ ।

पूर्वप्रहरी सङ्गठनका पदाधिकारीसँग आज प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रि«य समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको समेत बताउनुभयो ।

्कार्यक्रममा नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै साङ्गठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयास र समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे उहाँले जानकारी गराउनुभयो ।

विशिष्टिकृत अनुसन्धान एकाइको गठन, विध्वङ्सात्मक गतिविधि नियन्त्रण, लागुऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको प्रहरी महानिरीक्षक खनालले जिकिर गर्नुभयो ।

उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उहाँले यस अवधारणा संस्थागत होस् भन्ने चाहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजश्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button