तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ

काठमाण्डौ । पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मार्यमलाई पाकिस्तानी भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले पक्राउ गरेको छ । उनी पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी थिईन ।

भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने मध्ये उनि पनि एक प्रभावशाली व्यक्तिमा पर्नुहुन्छ । उहाँ इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेका व्यक्तिमा पर्नुहुन्छ ।

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको जनाइएको छ ।

उहाँका बुवा नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै हुनुहुन्छ । नवाजलाई पनि भ्रष्टाचार सम्वन्धी अभियोग नै लगाइएको छ । उहाँ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनु भएको थियो ।

–ऐजेन्सी

प्रतिक्रिया राख्नुहोस्

Back to top button