तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट दुई विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ ।

उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, मेटमणि चौधरी र भरतकुमार शाहले भाग लिँदै निर्यात र आयातबीच सन्तुलन कायम गरी नेपालको व्यापार घाटा कम गर्न सुझाव दिनुभएको थियो ।

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा विधेयक चाँडै आउनुपर्दथ्यो भन्नुहुँदै उहाँहरुले वस्तु आयातमा कडाइ गर्न सुझावसमेत दिनुभयो । साथै स्वदेशी उद्योगलाई विधेयकबाट अप्ठ्यारो पर्न नदिन सरकार सचेत बन्न सांसदले सरकारसित आग्रह गर्नुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकारले स्वदेशी उद्योगको संरक्षणमा ध्यान दिएको छ भन्नुभयो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button