वृद्धभत्ता लिन गएका मृतावस्थामा भेटिए
नुवाकोट/
नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए ।
प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका टोलीले खोज्ने क्रममा आज सार्कीका घरबाट केही पर बारीको पाटामा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । प्रहरी निरीक्षक फुयाँलका अनुसार शवपरीक्षणका लागि त्रिशूली अस्पतालमा पठाई घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्