तपाईँ सुन्दै हुनुहुन्छः

पुर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाँदै

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।

पूर्व राजा शाह शुक्रवार दिउँसो साढे एक बजे थाइएयरवेजको विमान मार्फत थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् । उनको साथमा स्वकीय सचिव सागर लिमिल्सिना पनि त्यसतर्फ प्रस्थान गर्दै छन् ।

नातिनी पूर्णिकाको अध्ययन र भर्नाका लागि पूर्व राजपरिवारका सदस्यहरु थाइल्याण्ड जान लागेको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ ।

केही दिनको थाइल्याण्ड बसाइपछि पूर्व राजपरिवारका सदस्यहरु अर्को देश तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button