२०७८ साल असोज ३१ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

१७ दिनसम्म किशोरी बलात्कार गरेकाे आरोपमा एक पक्राउ

रेडियो नेपाल २०७६ साउन २३ गते १४:११

गौशाला । दलित किशोरीलाई महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ स्थित गाउँबाट भारतको राजधानी नयाँदिल्ली लगी १७ दिनसम्म यौनशोषण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आफैँले जन्म दिएकी आमाले परपुरुषसँग मिलेर आफ्नै १२ वर्षीय किशोरी छोरीलाई गाउँबाट दिल्ली लगी १७ दिनसम्म यौनशोषण गराएको आरोपमा बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय सीयाराम महतो र बालिकाकी आमालाई समेत पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

सम्बन्धित