तपाईँ सुन्दै हुनुहुन्छः

समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि सिंहदरबार घेरे(हेर्नुस् फोटोहरू)

काठमाडौं : स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइरहेका छन्  ।आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नपाएपछि उनीहरू मन्त्रालय आइपुगेका हुन्।काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका करिब एक सय भन्दा कर्मचारी बिहीबारको धर्नामा सहभागी छन्। गएको १७ गतेसम्म उनीहरूलाई मन्त्रालयले हाजिर गर्ने व्यवस्था मिलाएको थियो। तर आइतबारदेखि त्यो पनि बन्द भएपछि कर्मचारीहरू धर्नामा बसेका हुन्।

हेर्नुस् फोटोहरू

प्रतिक्रिया राख्नुहोस्

Back to top button