तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय राजदूत पुरीद्वारा कश्मीर घटनाबारे ‘ब्रिफिङ’

काठमाडौं । भारत सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ ।

काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् ।

त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी राष्ट्रले आफ्ना मुलुकमा भएका घटनाको बारेमा जानकारी गराउनु सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

भारतको संविधानमै जम्मू कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय केही दिनअघि सरकारले गरेको थियो ।

राष्ट्रपतिले त्यस्तो निर्णय कश्मीरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ ।

 Share

प्रतिक्रिया राख्नुहोस्

Back to top button