तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियनको महाधिवेशन मंसिरमा हुने

काठमाडौं । नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन आउँदो मंंसिरमा हुने भएको छ । प्रेस युनियनले ९ औं महाधिवेशन २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

युनियनले ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा शाखा छन् , काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखालाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button