तपाईँ सुन्दै हुनुहुन्छः

‘बिआरआई परियोजनाको प्रभाव अतुलनीय हुने’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विकासको परिदृश्यमा विशाल परिवर्तन गर्ने चीनको बिआरआई परियोजनाको प्रभाव अतुलनीय हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चाइना एकेडेमी अफ साइन्सेस् र साउथ एसिया इन्स्टिच्युट अफ एडभान्सड् स्टडिजले आज काठमाडौंमा गरेको ‘नेपालमा बिआरआई, सम्भावना र चुनौती’ विषयको कार्यशालामा परराष्ट्रमन्त्री ज्ञवालीले बिआरआईबाट नेपालमा सम्पर्क सञ्जाल विस्तारका साथै विकास रणनीतिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणपछि बिआरआई परियोजनालाई द्रूत गतिमा कार्यान्वयन तहमा लैजान दुवै पक्षले तदारुकताका साथ काम गरिरहेको परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पारस्परिक व्यापार विस्तारबाट नै चीनसँगको विशाल व्यापार घाटा घटाउन सकिने बताउनुभयो ।

पूर्वमन्त्री आनन्द पोखरेलले चीनका प्रख्यात एवं विशाल कम्पनीबाट नेपालमा लगानी तथा नेपालको समृद्धिमा चीनको साझेदारीले साझा विकास र समृद्धिको युगमा नेपाल–चीन सम्बन्ध प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button