तपाईँ सुन्दै हुनुहुन्छः

हुण्डी कारोबार गर्ने १३ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जमा अवैध रुपमा हुँदै आएको हुण्डीको कारोवारमा कमि आएको छ ।

पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तराष्ट्रिय स्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैध रुपमा पर्सामा हुण्डीको कारोवार फष्टाउँदै गएको थियो ।

प्रहरी र राजस्व अनुसन्धान कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०७५–७६ मा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा अपचलन गरेको आरोपमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई पक्राउ गरी अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

मुद्दामा १३ जनालाई १ अर्ब ६६ करोड ४ लाख रुपैयाँ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी मिराज शर्माले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button