तपाईँ सुन्दै हुनुहुन्छः

पारस टी–२० क्रिकेटको अलराउण्डतर्फ २५ औं स्थानमा

अजय बम । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को बरियतामा नेपाली टिमका कप्तान पारस खड्काले ठुलो छलाङ मारेका छन । उनी टी–२० को अलराउण्ड तर्फ ४१ बाट २५ औं स्थानमा उक्लिएका छन ।

हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आइसीसीको बरितयामा पनि ठुलो छलाङ मारेका हुन । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन ।

यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन । उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन ।

अलराउण्डर तर्फ सोमपाल कामी भने खस्किएका छन् । सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ वसन्त रेग्मी र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् । यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए ।

नेपाली खेलाडी यो बरियतामा पुगेको अहिलेसम्मकै ठुलो हो । यसका साथै शीर्ष ५० मा पुग्ने पारस पहिलो खेलाडी पनि हुन ।

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडी रहेका छन । गेल ७३ औं स्थानमा छन ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button