तपाईँ सुन्दै हुनुहुन्छः

धेरै दिनको गिरावटपछि नेप्सेमा छायो हरियाली

काठमाडौं । साताको चौथो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । यस दिन नेप्से २ दशमलव ७५ अंकले बढेर १ हजार २ सय ४८ दशमलव ४८ को बिन्दुमा पुगेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ८६ अंकले बढेर २ सय ६९ दशलमव ९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको ११ लाख ३८ हजार ६३९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ८६ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १२ वटा समूह मध्ये ३ वटा समूहका मात्र शेयर मूल्य घटेका छन् भने बाँकी ९ समूहरुका शेयर मूल्य बढेका छन् । यस दिन जीवन विमा समूह २६ दशमलव ०३ अंक, लघुवित्त समूह २२ दशमलव ५५ अंक, निर्जिवन विमा समूह २२ दशमलव ०३ अंक, होटल समूह १९ दशमलव ४२ अंक, टेड्रिङ समूह ६ दशमलव ९५ अंक, बैकिङ समूह २ दशमलव ९६ अंक, वित्त समूह २ दशमलव ०५ अंक, उत्पादन समूह १० दशमलव ३९ अंक र अन्य समूह २ दशमलव ३२ अंकले बढेका छन् भने घट्नेमा विकास बैंक समूह १ दशमलव ३२ अंक, जलविद्युत समूह २० दशमलव ९५ अंक र म्युचल फण्ड समूह ० दशमलव ०३ अंक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button