तपाईँ सुन्दै हुनुहुन्छः

सुबिसुको कार्यालयमा लागेको आगो नियन्त्रणमा ,ध्वस्त भयो मुख्यालय (तस्वीरमा हेर्नुहोस्)

 

काठमाडौँ।इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटरस्थित दुई तले भवनमा भएको सो आगलागी नियन्त्रणमा आएको छ ।दिउँसो मध्यान्न करीब १.४५ तिर शुरु भएको सो आगलागी २ः३० मा निणन्त्रणमा आएको थियो । अगोबाट कार्यालयको कम्प्युटर टेबुल लगायत सम्पूर्ण सामग्री जलेको जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौंका प्रहरी सहायक निरीक्षक पशुराम शाही ठकुरी बताउनुभयो ।

उहाँले विजुली सट भई आगलागी भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ ।सुबिसुका सञ्चालक सुधीर पराजुलीका अनुसार आगलागीले बालुवाटार वरपरको इन्टरनेट सेवा बन्द भएको छ भने अन्य ठाउँमा भने सुचारु भइसकेको छ ।

पराजुलीले भने, ‘७० प्रतिशत ठाउँमा इन्टरनेट चलिसकेको छ । बालुवाटारबाटै लाइन जोडिएको ठाउँमा भने भोलि बिहानसम्म सुचारु हुन्छ ।’ उनले अहिले टिभी सेवा भन्द बन्द भएको बताए । उनका अनुसार टिभी पनि भोलि बिहानसम्ममा सुचारु हुन्छ । सुबिसुले क्लियर टिभी नामको सेवा दिँदै आएको छ  । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।घटनाको थप विवरण आउन बाँकी छ।

 

baluwatar3

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button