तपाईँ सुन्दै हुनुहुन्छः

सुबिसु कार्यालयमा आगलागी,नियन्त्रणको प्रयास हुँदै

काठमाडौँ।  बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा बुधबार मध्यान्ह आगलागी भएको छ ।  उक्त कार्यालयको पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।

प्रहरी पुगेपछि मात्रै थप विवरण आउने प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। बोगटीका अनुसार आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको बताए। उनले भने, ‘दमकल पुगिसकेको छ। आगो निभाउने प्रयास भइरहेको छ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button