२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा पानी ट्याङ्कीमा युवाको लास फेला

रेडियो नेपाल २०७६ साउन २२ गते १२:४५

धनुषा। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको ला*स फेला परेको छ ।

आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृ*त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित