तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ अहिलेसम्मकै महँगो ,एकै पटक १५ सयले बढ्यो

काठमाडौँ । सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ । बुधबार सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बुधबार प्रतितोलामा १५ सय रुपैयाँले ह्वात्तै बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । सुनको यो भाउ अहिलेसम्मकै महँगो हो ।

भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button