तपाईँ सुन्दै हुनुहुन्छः

रंगशाला अभावका कारण नेपालको ‘होम गेम’ कुवेतसँग नहुने

काठमाडौं  – विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते हुनु पर्ने होम म्याच रंगशाला अभावका कारण कुवेतमै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव स्वीकार्न नसक्ने भन्दै एन्फाले पत्र प्राप्त गरेको छ ।

अब कुवेतविरुद्ध हुने भदौ १९ को खेल न्यूट्रल भेन्यु अर्थात् तटस्थ मैदानमा खेलाउनु पर्नेछ । दशरथ रंगशाला पूर्ननिर्माणको काम जारी रहेका कारण एन्फाले कुवेतमा खेलाउन प्रस्ताव गरेको थियो । एन्फाले न्युट्रल भेन्यूका विषयमा बुधबार सम्म तय गर्ने बताएको छ ।

विश्वकप छनोटको समूह‘बी’ मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । कुवेतपछि भदौ २४ गते चाइनिज ताइपेसँग पनि अब न्यूट्रल भेन्यूमा हुने सम्भावना छ । किनकी त्यो पनि नेपालको होम म्याच हो । यस निर्णयले नेपालले यी राष्ट्रविरुद्ध होम म्याच पछि खेल्ने निर्णयलाई भने प्रभाव पारेको छ । यदि एन्फाको अन्य प्रस्ताव पनि स्वीकार नभएको खण्डमा नेपालले चैत १८ मा अष्ट्रेलियाविरुद्ध मात्र घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button