तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वविदेशमन्त्री स्वराजको निधन,प्रधानमन्त्री मोदीले यसरी सम्झिए

२२ साउन, काठमाडौं । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हाे ।२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् ।

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् ।  मोदीले एक असाधारण नेताको निधनले देश शाेकमा रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button