तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले लघुजलविद्युत् आयोजना बन्द

बेझाड-सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला लघुजलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीले बताउनुभयो । “३०० स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिए पनि आयोजना सञ्चालन गर्न सकिएको छैन, कुलोमा पर्खाल लगाउन र सफा गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । अबको एक हप्तामा कुलो मर्मतकार्य सम्पन्न गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने योजना रहेको छ । विसं २०६४ मा सञ्चालनमा आएको यस आयोजनाबाट केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा नपुगे पनि यहाँका स्थानीयवासीलाई विद्युत् आपूर्तिमा ठूलो सहयोग मिलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button