तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादन सम्झौताले विकासमा गति दिनेः सञ्चारमन्त्री बाँस्कोटा

अजय कुमार झा, जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री र मन्त्रीहरुबीच हालै भएको कार्यसम्पादन सम्झौताबाट देश विकासको गति व्यवस्थित एवं योजनाबद्ध ढंगले अघि बढ्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ, धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले कार्यसम्पादन सम्झौताका कारणअब कोही पनि आफ्नो काम र जिम्मेवारीवाट उम्कन नमिल्ने भएकाले विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले विकास खर्च कम हुदै गएको अवस्थामा वर्तमान सरकार आईसकेपछि गत आर्थिक वर्षमा मात्रै विकास खर्च ७० प्रतिशत भन्दा बढी भएको र आर्थिक विकासको दर पनि ७.१ प्रतिशत हासिल भएको बताउनुभयो ।

उहाले प्रदेश नंं २ को विकासका लागि सरकारले सडक, जल तथा हवाई यातायातको विकास र कनेक्टिभिटिमा जोडदिएको बताउनुभयो ।

वर्तमान सरकार प्रेस स्वतन्त्रता तथा पत्रकारको हकहितको पक्षमा रहेको भन्नहुँदै सञ्चारमन्त्री बाँस्कोटाले स्वछन्दता नियन्त्रणका लागिसरकारले कानून निर्माण गरिरहेको पनि बताउनुभयो ।

उहाँले नेपाली सञ्चारजगतको हितका लागि विज्ञापन विधेयक तथा क्लीन फिड सम्बन्धि विधेयकका निर्माण गरेको र यसले सञ्चारजगत, कलाकार तथा नेपाली फिल्म जगतलाई नै फाईदा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button