तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं । आसन्न फिफा विश्वकपको दोस्रो चरणको छनोटका तयारीमा रहेको नेपाली फुटबल टिममा दोस्रो चरणमा ३१ खेलाडी छनोट गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको तयारीमा रहेको टोलीबाट ५ खेलाडी कम गर्दै ३१ खेलाडी दोस्रो चरणको छनोट गरेका हुन् ।

पहिलो चरणबाट बाहिरिनेमा डिफेन्डर कमल श्रेष्ठ र अमित तामाङ तथा मिडफिल्डरहरु नितिन थापा, सेसेहाङ आङदेम्बे र मिक्छेन तामाङ रहेका छन् । कमल बाहेकका चार जना यू–२३ टोलीको प्रशिक्षणमा सहभागी हुनेछन् ।

हाल प्रशिक्षणमा उपस्थित नरहेका भरत, रोहित र विमल पनि टोलीमा समेटिएका छन् । भरत आर्मी प्रशिक्षणका लागि थाइल्यान्डमा छन् । विमल माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका छन् ।

नेपालले सेप्टेम्बर ५ ताखिरमा कुवेत विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । नेपालले कुवेत विरुद्धको होम एण्ड अवे खेल कुवेतमा नै खेल्नेछ । यसका साथै यो प्रतियोगिता अगाडी नेपाली टिमले माल्दिभ्ससँग अभ्यास खेल खेल्ने योजनामा रहेको छ ।

नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ ।

चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button